अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

भोलिदेखि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने

बिआरटीनेपाल २०८१ कार्तिक ८ गते ६:५२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) शुक्रबारदेखि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा गर्दै आएको प्रदर्शन रास्वपाले अब काठमाडौंमा गर्ने पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

पार्टीका सभापति लामिछानेलाई गत शुक्रबार पक्राउ गरि अनुसन्धानका लागि पोखरा लगेदेखि रास्वपाले पोखराकेन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो । तर शुक्रबारदेखि भने काठमाडौंमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो । उहाँले आज गरिएको पत्रकार सम्मेलनमा पोखराको आन्दोलन आज अन्तिम भएको र अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताउनुभयो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्‍याएपछि रास्वपाले राजनीतिक प्रतिशोध साँध्न सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू