अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

सरकारले विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछ : अग्नि सापकोटा

बिआरटीनेपाल २०८१ कार्तिक ८ गते ६:२८ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता सापकोटाले यस्तो आरोप लगाउनुभएको हो ।

प्रवक्ता सापकोटाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बेलामा कसैलाई पनि पक्ष/विपक्ष नभनि कारबाही गरिएको भएपनि अहिलेको सरकार विपक्षी दलका नेताहरुलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको बताउनुभयो । उहाँले विपक्षी नेताहरुलाई छानि छानि मुद्दा लगाउने र जेल हाल्ने काममा केन्द्रित भएको बताउनुभयो ।

प्रवक्ता सापकोटाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरेको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनका क्रममा माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू