अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

रवि लामिछाने र छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बिआरटीनेपाल २०८१ कार्तिक ८ गते ६:१३ मा प्रकाशित

कास्की जिल्ला अदालतले सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत आइतबार दिइएको म्याद सकिएका कारण बिहीबार लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पोखराकै सूर्यदर्शन सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई काठमाडौँबाट पक्राउ परेर पोखरा लगेको हो ।

यसैगरि सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जोशीलाई पनि पौडेलकै इजलासले म्याद थप गरेको हो ।

गत असोज ६ गते पक्राउ परेका जोशीलाई गत मंगलबार बयानका लागि बुटवल पनि लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू