अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

गुन्जन पुरस्कार लेकालीलाई प्रदान

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते १२:०८ मा प्रकाशित

काठमाडौं । गुञ्जन (नारी साहित्यिक संस्था)ले आज साहित्यकार राधेश्याम लेकालीलाई ” गुन्जन साहित्य पुरस्कार २०८०”बाट सम्मानित गर्‍यो ।

“गुन्जन”की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्रीले “नारीवाद” विषयमा आफ्नो धारणा राख्नु भएको थियो । संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया