अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

लस भेगासमा आउदो शनिबार रामकृष्ण ढकाल तथा देउसी भैलो कार्यक्रम हुने

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते १०:०७ मा प्रकाशित

लस भेगास, नेपाली कम्युनिटी लस भेगासको आयोजनामा लस भेगासको दिल्ली इन्डियन कुजिनमा शनिबार ओक्टुबर २६, २०२४ गते ‘रामकृष्ण ढकाल तथा देउसी भैलो कार्यक्रम्’ आयोजना हुने भएको छ ।

कार्यक्रममा गायक ढकालले आफ्ना चर्चित गीत प्रस्तुत गर्ने छन् । कार्यक्रम रातको ८ बजे देखी १२ बजे सम्म सञ्चालन हुनेछ । कार्यक्रमको स्पन्सरमा मकालु ट्राभल लगायत अन्य रहेका छन् । गायक ढकालले यो साँझ एक अविस्मरणीय हुने बताएका छन् ।

कार्यक्रममा पुरुषले नेपाली पहिरन दौरा सुरुवाल तथा महिलाले साडी चोलो लगाएर आउन आयोजकले अनुरोध गरेको छ । कार्यक्रमको लागि $३० प्रवेश सुल्क राखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू