अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२
| Colorodo: 05:57
जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले लगेको रिटलाई सुरुमा अदालत प्रशासनले अस्वीकार गरेकाे थियाे । अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट दर्ता गर्न नमिलेको प्रशासनकाे भनाइ थियाे ।
सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न लगिएको रिट कात्तिक ५ गते दरपीठ हुने आदेश गरेका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च प्रशासनले गरेको निर्णय बदर हुने आदेश गर्नुभएको हो ।