अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

कमला ह्यारिसलाई बिल गेट्सको सहयोग

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते ८:०२ मा प्रकाशित

अमेरिकी अर्बपति तथा एवं माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पाँच करोड अमेरिकी डलर सहयोग गरेका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा ह्यारिसको चुनावी अभियानमा सहयोग गर्न गेट्सले पाँच करोड डलर दिएका हुन् ।

ह्यारिसका लागि फ्युचर फरवार्ड संस्थाले विभिन्न व्यक्तिहरुबाट चन्दा रकम संकलन गरिहेकै बेला गेट्सले सहयोग गर्नुभएको हो । गेट्सले यो चुनाव विगतका अन्य चुनाव भन्दा फरक भएको टिप्पणी समेत गर्नुभएको छ । स्वास्थ्य, गरिबी र जलवायु परिवर्तन विरुद्ध अमेरिका र विश्वभर काम गर्न स्पष्ट रूपमा प्रतिवद्ध उम्मेदवारलाई आफनो समर्थन रहने गेट्सको भनाई छ ।

अमेरिकी अर्का अर्बपति एलन मस्कले ट्रम्पलाई खुलेर समर्थन गरिरहेका बेला गेट्सले ह्यारिसलाई समर्थन गर्नुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू