अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

पार्टीको नाम परिवर्तन गर्ने बाबुराम भट्टराई नेतृत्वको नेसपाको निर्णय

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ७:०६ मा प्रकाशित

बाबुराम भट्टराई नेतृत्वको नेपाल- समाजवादी पार्टी (नेसपा) ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिनुभयो ।

यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । यस्तै पार्टीको झन्डा र चुनाव चिन्ह आँखा राख्ने र केन्द्रीय कमिटी ९९ सदस्यीय हुने निर्णय गरेको छ । यस्तै पदाधिकारी ११ सदस्यीय हुनेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष ९१ महिला, १ जनजाति , १ मधेसी, १ खस आर्य, १ दलित०, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने छन् ।

अधिवेशनले सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित गर्ने र पार्टीमा युवा प्रतिनिधित्व बढाउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू