अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

सात दिनभित्र प्रष्टिकरण पेश गर्न तीन नेतालाई एमालेको पत्र

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ६:४८ मा प्रकाशित

एमालेले ‘दानमा’ पार्टी कार्यालय बनाउने निर्णयको विपक्षमा बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठाएको छ। मंगलबार महासचिव शंकर पोखरेलले सल्लाहकार भीम रावल, स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई सात दिनभित्र प्रष्टिकरण पेश गर्न पत्र पठाउनुभएको हो । आइतबार बसेको सचिवालय बैठकले व्यवसायी मिनबहादुर गुरुङको दानमा कीर्तिपुरमा करिब ११ रोपनी जग्गासहित अत्याधुनिक भवन बनाइदिने निर्णयमा फरकमत राख्ने नेताहरुलाई प्रष्टिकरण सोध्ने निर्णय गरेको हो।

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र एमाले अध्यक्ष ओलीले असोज २५ गते पार्टी कार्यालयको शिलन्यास गर्नुभएको थियो । शिलन्यासपछि तीन नेताले सार्वजनिक रुपमा व्यवसायीबाट दान लिने कुरा उचित नभएको अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू