अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीलाई अमेरिकी अवार्ड

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ६:४३ मा प्रकाशित

नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनशिप’ अवार्डबाट अमेरिकामा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चौधरीसहित ६ वटा देशका सामाजिक अभियन्तालाई अवार्ड प्रदान गर्नुभएको हो ।

स्टेट डिपार्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानून पढेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ ।

चौधरीलाई यो अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायका लागि विभेद र शोषणका लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानव अधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू