अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

भारतबाट काठमाण्डौ आएको जहाजमा बमको हल्लापछि जाँच हुँदै

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ६:३२ मा प्रकाशित

भारतको नयाँ दिल्लीबाट काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बस राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले जाँच गरिरहेको छ । भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई सूचना प्राप्त भएपछि सेनाले जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिने क्रम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू