अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति सिग्देल

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ६:२८ मा प्रकाशित

प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताउनुभएको छ ।आइतबार रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रधानसेनापति सिग्देलले यस्तो बताउनुभएको हो ।

प्रधानसेनापति सिग्देलले सिरिया र लेबनामा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरु अवस्थित रहेको भन्दै उनीहरुलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा उद्धारका लागि आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताउनुभयो । उहाँले इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भएपनि सुरक्षित रहेको बताउनुभयो । उहाँले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अफ्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू