अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

४० जना सहसचिवको सरुवा

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ७:१९ मा प्रकाशित

सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सरकारले हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ ।

उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।ससहचिवहरु तोयानारायण सुवेदी, दीर्घबहादुर पोखरेल, विनोदबहादुर खड्कालाई गृह मन्त्रालयमा ल्याइएको छ। योजना आयोगका सहसचिव राजेश्वर ज्ञवालीलाई उद्योग वााण्ज्यि तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ ।

जितेन्द्र बस्नेत गृह मन्त्रालयबाट उद्योग मन्त्रालयमै पुगेका छन्। उद्योग मन्त्रालयका जीवलाल भुसाललाई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।कोषहरि निरौला गृह मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी पाएका छन् । सञ्चार मन्त्रालयमा बाबुराम भण्डारीलाई लुम्बिनीको मन्त्रिपरिषद कार्यालयमा पठाइएको छ ।रुद्रसिंह तामाङलाई अतिरिक्त समूहबाट संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयमा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू