अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई माधव नेपालको चेतावनी

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ७:०९ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । सोमबार पार्टी लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको हो ।

सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उहाँले चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, ‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे! म भन्छु खबरदार! अरू पार्टीलाई टुक्र्याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ।’

उहाँले थप्नुभयो, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ। ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन्। संसारको इतिहासले बताएको छ। संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो। त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू