अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

नागरिक उड्ययन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ६:५२ मा प्रकाशित

सरकारले नेपालको नागरिक उड्ययन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को शुक्रवारको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न समितिको गठन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण लामिछानले देशको हवाई उड्डयन क्षेत्रको समग्र सुधार गर्न, उड्डन सुरक्षाको अभिवृद्धि गर्दै नेपाली आकाश सुरक्षित रहेको सन्देश दिन के–कस्ता काम गर्नुपर्छ भनेर सुझाव दिन उक्त उच्चस्तरीय समिति गठन गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू