अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयनमा

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ६:४७ मा प्रकाशित

नेपालमा पनि शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयनमा आएको छ । विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयले सञ्चालन गरेको शैक्षिक कार्यक्रम नेपालमा पनि शुरु भएको हो ।पश्चिमाञ्चल विश्वविद्यालयसँगको समन्वयमा शुरु भएको कार्यक्रम अन्तर्गत जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ ।

गण्डकी, बाग्मती र लुम्बिनी प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रूपमा मुख्य चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बन डाइअक्साइडमा भएको वृद्धलगायतका विषयमा प्रयोगात्मक तरिकाबाट बुझाउन मद्दत गराउँछ । प्रयोगात्मक विधिबाट गरिने अध्ययनबाट विद्यार्थीले रुख, बिरुवा भएको ठाउँ, घना बस्तीबीचको कार्बनडाइअक्साइडको मात्रामा रहेको फरकबारे जानकारी पाउने पश्चिमाञ्चल विद्यालयका प्राचार्य सरोज कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू