अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

बिष्फोटक पदार्थसहित पूर्व सैनिक पक्राउ

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ६:४५ मा प्रकाशित

स्याङ्जाको चापाकोट नगरपालिका–४ का नेपाली सेनाबाट अवकाशप्राप्त गोविन्द पुरी बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।दुई वर्ष अगाडी नेपाली सेनाबाट अवकाश प्राप्त ४५ वर्षीय पुरी उनकै घरबाट ठुलो मात्रामा बिष्फोटक पदार्थसहित पक्राउ परेका हुन् ।पुरीको घरको तेस्रोतल्लाबाट दोस्रो तल्लामा भाडाँहरु सार्नेक्रममा सकेट बम विष्फोट भएर पुरी घाइते भएका थिए ।

एक्कासी घरमा सकेटबम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घट्नास्थल पुगेको थियो । प्रहरीले विष्फोटबाट घाइते भएका पुरीलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो ।उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाएसँगै प्रहरीले थप अनुसन्धान गर्न उन्लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरी पौडेलले जानकारी दिनुभयो ।

प्रहरी र नेपाली सेनाको विशेष टोलीले अनुसन्धान गर्दा बिष्फोटक पदार्थ बिष्फोट भएको जनाएको छ । पुरीको घरबाट ठुलो परिणाममा विष्फोटक पदार्थ फेला पारेको डिएसपी पौडेलले बताउनुभयो । अवकाश प्राप्त नेपाली सेना भएकाले बम बनाउने बारुदसहित अन्य विष्फोटक पदार्थ कहाँबाट ल्याइएको हो भन्ने विषय अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू