अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

राष्ट्रिय गौरवका आयोजनामा वन ऐन लागु हुन नहुने भौतिक पूर्वाधार मन्त्री दाहालको दाबी

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ६:४१ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागु हुन नहुने दाबी गर्नुभएको छ ।राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको हकमा वन ऐन लागु हुनु नहुने बताउनुभएको हो ।

वन ऐनले आयोजना स्थलमा रुख काट्न नदिँदा आयोजनाहरु सम्पन्न हुन नसकेको भन्दै मन्त्री दाहालले ती आयोजनाहरुमा वन ऐन लागू नहुने बताउनुभयो । विकासका लागि ऐनहरु बाधक हुन नहुने भन्दै उहाँले यस विषयमा कानून सच्याउन पहल गर्ने बताउनुभयो । मन्त्री दाहालले यस वर्ष अहिलेसम्म प्राकृतिक विपत्तिका कारण १५ अर्ब ३० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू