अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९
| Colorodo: 16:14
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई लक्षित गरी लेबनानबाट ड्रोन आक्रमण भएको इजरायलले दाबी गरेको छ । इजरायलको प्रधानमन्त्री कार्यालयले आज विज्ञप्ति निकालेर नेतन्याहु र उहाँकी पत्नी सारा ड्रोन आक्रमणको समयमा घरमा नभएको तथा घटनामा कुनै पनि क्षति नभएको उल्लेख गरेको छ ।
आज बिहान लेबनानबाट प्रहार भएका अन्य दुई वटा ड्रोन इजरायलको हवाई सुरक्षा निकायले खसालेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।