अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण बनाउन केन्द्रित हुने

बिआरटीनेपाल २०८१ कार्तिक ४ गते ६:५५ मा प्रकाशित

अर्थ मन्त्रालयले व्यावसायिक र औद्योगिक वातावरण बनाउन केन्द्रित हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताउनुभएको हो । उहाँले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिनुभयो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले देशमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो । बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारीसमेत गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू