अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

हिजबुल्लाहको गढ मानिएको क्षेत्र खाली गर्न चेतावनीपछि इजरायलबाट बेरुतमा आक्रमण

बिआरटीनेपाल २०८१ कार्तिक ४ गते ६:५३ मा प्रकाशित

लेबनानको हिजबुल्लाह समूहको गढ मानिएको क्षेत्र खाली गर्न नागरिकलाई चेतावनीपछि इजरायलको सेनाले बेरुतमा हवाई आक्रमण थालेको छ ।हिजो मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो निवासमा आक्रमण गरेर इरान–समर्थित हिजबुल्लाह समूहले हत्याको प्रयास गरेको आरोप लगाउनुभएको थियो । लगत्तै आक्रमणका घटना भएका हुन् ।

आज बिहान एक मस्जिद र अस्पताल नजिकै एक आवाशीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरमा दुई वटा आक्रमण भएको बीबीसीले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार गएको सेप्टेम्बर अन्त्यदेखि शुरू भएको युद्धबाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू