अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

शेयर बजार आज ४७ अङ्कले घट्यो : ८ अर्ब १८ करोडको कारोबार

बिआरटीनेपाल २०८१ कार्तिक ४ गते ६:५१ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज ४७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ९१ विन्दुमा झरेको छ । आज १८ वटा कम्पनीको मूल्य बढ्दा दुई सय २६ वटाको घटेको छ । आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक चार प्रतिशतले घटेको छ ।

गएको बिहीबार सात अर्ब १९ करोड बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेको छ । आज कुल दुई करोड आठ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा आठ अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू