अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६
| Colorodo: 07:41
पोखराको शहरी चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालयले ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
आइतबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले प्रदर्शन, जुलुस, हुलदंगा, झडपले प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरिएको जनाएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । यस अवधिमा आदेशको उल्लङ्घन गर्ने वा गराउने जो कोहीलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने पनि जनाइएको छ ।