अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 22:02

ढोरपाटनमा यो यामका लागि शिकार शुरू : १२ नाउर, ८ झारल र ११ बँदेलको शिकार गर्न अनुमति

बिआरटीनेपाल २०८१ कार्तिक ३ गते ५:५३ मा प्रकाशित

ढोरपाटन शिकार आरक्षमा यस यामको शिकार शुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १२ नाउर, आठ झारल र ११ बँदेलको शिकारका लागि अनुमति दिएकोमा एक जना अस्ट्रेलियाली नागरिकले नाउरको शिकार गरेसँगै यस यामको शिकार शुरू भएको हो । आरक्षमा पहिलो शिकार याम असोज–कात्तिक र दोस्रो चैत–वैशाखसम्म हुने गर्छ । निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी शिकारीले शिकारको अनुमति लिएका छन् ।

विभागले शिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । अहिले नाउरको एक लाख ५० हजार, झारलको ७५ हजार र बँदेलको १० हजार रुपैयाँ न्यूनतम राजस्व तोकिएको छ । न्यूनतमभन्दा धेरै बोलपत्र आएमा बढाबढमा शिरको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार र झारलको सात लाख २५ हजार रुपैयाँ कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिनुभयो ।

शिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी यो याममा एक करोड ४५ लाख ९२ हजार चार सय रुपैयाँ राजस्व आम्दानी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू