अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 22:00

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी : जनार्दन शर्मा

बिआरटीनेपाल २०८१ कार्तिक ३ गते ५:३८ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताउनुभएको छ ।शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको बताउनुभयो ।

उपमहासचिव शर्माले पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा, गुणस्तरीय उपचार पायो की पाएन ? भन्नेकुरा मुख्य भएको पनि बताउनुभयो । उपमहासचिव शर्माले समावेशी र संघीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू