अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 21:46

संगठित अपराधमा सहभागीहरु वर्तमान मन्त्रिपरिषदमा छन् – स्वर्णिम वाग्ले

बिआरटीनेपाल २०८१ कार्तिक ३ गते ५:३७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरु अहिलेको मन्त्रिपरिषदमा रहेको आरोप लगाउनुभएको छ । शनिबार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले यस्तो आरोप लगाउनुभएको हो । उपसभापति वाग्लेले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रिपरिषद्मा रहेको भन्दै उनीहरुबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले अहिले कुशासनको अभ्यास भइरहेको बताउनुभयो

उपसभापति वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाउनुभयो । महामन्त्री थापाले सहकारी छानविन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताउनुभएको थियो । संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा विभिन्न सहकारीमार्फत रकम ल्याइ हिनामिना गरेको निस्कर्ष निकालेको थियो । सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनलाई रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउनुभयो ।

विरोध कार्यक्रममा बोल्दै रास्वपा सांसद डा. तोषिमा कार्कीले सहकारी छानविन प्रकरणमा रवि लामिछानेमाथि कुनै प्रमाण फेला नपरे पनि पक्राउ गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले छानविनका लागि आफूहरु तयार भएको बताउनुभयो । उहाँले सम्पूर्ण सहकारी पीडितहरुको रकम फिर्ता गर्ने हिम्मत छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू