अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

शान्ति प्रक्रियासम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिश समितिलाई पूर्णता

बिआरटीनेपाल २०८१ कार्तिक २ गते २०:१८ मा प्रकाशित

सरकारले बेपत्ता पारिएका नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिश गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले यसअघि गठन भएको मिश्र नेतृत्वको सिफारिश समितिलाई नै आयोगका पदाधिकारी सिफारिश गर्ने जिम्मेवारी दिएको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिका साथै जगदीश शर्मा पौडेल, अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन् ।

सिफारिश समितिले आयोगको पदाधिकारीमा नियुक्तिका लागि व्यक्तिको नाम सिफारिश गर्ने र सरकारले सिफारिशका आधारमा दुवै आयोगमा पदाधिकारी नियुक्त गरी न्यायिक प्रक्रिया अघि बढाउनेछ । दुवै आयोगमा अध्यक्ष र चार सदस्य हुने कानूनी व्यवस्था छ ।

आयोगहरूमा तत्काल पदाधिकारी नियुक्ति गरेर सङ्क्रमणकालीन न्याय निरूपणको काम चाँडै पूरा गर्न कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच सहमति भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू