अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ४:३१ मा प्रकाशित

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो ।

गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । सुरूमा ५ दिन र पछिल्लो पटक ७/७ दिन थप भएको थियो ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू