अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेकोमा चीनको विरोध

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ३:५० मा प्रकाशित

भारतको मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेपछि चीनले विरोध गरेको छ । मुम्बईमा ताइपेई आर्थिक र सांस्कृतिक केन्द्र (टीईसीसी) खुलेपछि भारतमा रहेको चिनियाँ दूतावासकी प्रवक्ता यु जिङ्गले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै विरोध गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

संसारमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अभिन्न अङ्ग भएको यु जिङ्गको भनाइ छ । चीनसँग कूटनीतिक सम्बन्ध राख्ने कुनै पनि देशले ताइवानसँग आधिकारिक सम्पर्क राखेमा त्यसको कडा विरोध गर्ने उहाँले बताउनुभएको छ ।

यो विषयलाई चीनले भारतसमक्ष गम्भीरतापूर्वक उठाएको भन्दै प्रवक्ता यु जिङ्गले भारतले एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको पनि उल्लेख गर्नुभएको छ । ताइवानसँग कुनै पनि प्रकारको औपचारिक वार्ता नगर्न र चीनसँगको सम्बन्ध सुधार्ने प्रक्रियामा बाधा नपुर्‍याउन उहाँले भारतलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू