अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

विपद् प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन शुरू

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ३:४८ मा प्रकाशित

सरकारले गएको असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन शुरू गरेको जनाएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजकाे बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले भौगर्भिक अध्ययन भइरहेको र ३४ वटा पालिकाको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो ।

प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक, झापा, महोत्तरीलगायतका ४९ ठाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृहसचिव दवाडीले विपद् पूर्वतयारी, खोज, उद्धार र राहतका लागि पालिकामा स्वयंसेवक ब्युरो गठन गरिएको र अहिलेसम्म ब्युरोमा एक लाख एक हजार दुई सय ८८ जना स्वयंसेवक दर्ता भइसकेका बताउनुभयाे ।

बैठकमा सांसदहरूले सरकारले प्रकोपको सामना गर्न बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । असोज महिनामा आएको बाढी पहिरो प्रभावितहरू अझै राहतबाट वञ्चित भएको भन्दै बैठकमा सांसदहरूले तत्काल राहत पुर्‍याउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू