अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

चैत्र २४ देखि सरकारविरुद्व आन्दोलन गछौं : अध्यक्ष केसी

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ०:२३ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आगामी चैत्र २४ देखि सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ।

देशकोे अवस्था पछिल्लो समय झनझन बिग्रँदै गएको भन्दै परिवर्तनका लागि आन्दोलनको विकल्प नभएको बताउनुभएको हो ।

अर्घाखाँचीको रानीगैरामा विशाल जनसभालाई सम्बोधन गर्दै नेता केसीले राष्ट्र र समाज परिवर्तन गर्छौं भन्नेहरु आफुहरु मात्र परिवर्तन हुन खोज्दा देशमा केही नदेखेपछि विदेश पलायन हुने युवाको संख्या दिनप्रतिदिन बढेको बताउनुभएको हो ।

केसीले पछिल्लो समय संघीय प्रणालीले यो मुलुक धान्न नसक्ने अवस्थामा पुगेको दोहार्‍याउनुभयो ।

अध्यक्ष केसीले ८ ठाँउमा मन्त्री मण्डल पाल्दा ४ खर्ब खर्च हुने गरेको भन्दै यो अवस्थामा देश चल्न नसक्ने ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू