अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

विपदमा खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

बिआरटीनेपाल २०८१ कार्तिक १ गते ७:१९ मा प्रकाशित

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टर चाहिने निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपदका बेला खोज तथा उद्धारका लागि हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको छ ।

प्राधिकरणका सहसहचिव बसन्त अधिकारीका अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्धारका लागि अत्यावश्यक सामग्री किन्न प्राधिकरणकै राष्ट्रिय परिषदलाई सिफारिस गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू