अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

नेपाल र अमेरिकाबीचकाे टी–२० शृङ्खला भाेलिदेखि

बिआरटीनेपाल २०८१ कार्तिक १ गते ६:४९ मा प्रकाशित

नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भोलिदेखि शुरू हुँदैछ ।

शृङ्खलाकाे पहिलो खेल भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा शुरू हुनेछ । नेपालले अमेरिकाबीचको दोस्रो टी–२० खेल आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । याे टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू