अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

पशुपति धर्मशाला नजिक पुगेको महानगरको डोजर प्रहरीको नियन्त्रणमा

बिआरटीनेपाल २०८१ असोज ३० गते ७:४४ मा प्रकाशित

नेपाल प्रहरीले साथ नदिएपछि गौशाला धर्मशालाबाट रित्तो फर्किएको काठमाडौं महानगर प्रहरीको टोली पुनस् २ वटा डोजरसहित पुगेको छ । धर्मशालानजिकै रहेको गौशालाको संरचना अवैध रहेको भन्दै डोजर लिएर नगर प्रहरी त्यहाँ पुगेको हो । मारवाडी सेवा समितिले सञ्चालन गरेको गौशाला (गाई गोठ) संरचनाको नक्सा पास नगरिएको महानगरको भनाइ छ ।महानगरको २ वटै डोजर अहिले गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको छ ।

तेस्रोपटक आज दिउँसो धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि महानगरको साइनबोर्ड लगाएर फर्किएको थियो । हिजो पनि नगर प्रहरी धर्मशाला खाली गराउन पुगेको थियो । महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरीरप्रशासनको सहयोग खोजेको थियो । सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक हुनुभएन। उहाँले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गर्नुभएको थियो ।

जिप्रकाले सुरक्षा उपलब्ध नगराए पनि नगर प्रहरीको टोली धर्मशाला खाली गराउन गएको थियो । धर्मशालामा महानगरको बोर्ड राख्न खोज्दा हिजो मारवाडी सेवा समितिले अवरोध गरेपछि नगरप्रहरी यत्तिकै फर्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू