अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

अरोरा सेण्टीनियल बासी नेपालीहरूको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम हुँदै

बिआरटीनेपाल २०८१ असोज २९ गते २०:५८ मा प्रकाशित

कोलोराडो । विजया दशमीको बिदाइसँगै नेपालीहरूको दोस्रो महान् चाड शुभ दीपावलीको अवसरमा अरोरा सेण्टीनियल बासी नेपालीहरूले नेपाली सामुदायिक केन्द्र (नेपाली घर) को सहयोगार्थ देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि तिहारको शुभकामना आदान प्रदान सहित देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम मूल समिति संयोजक कुमार कार्किले बिआरटिनेपाललाई जानकारी गराए ।

नोभेम्बर १, २०२४ शुक्रवारका दिन च्याम्बर इभेन्ट सेन्टर 2350 S Chambers Rd, Aurora मा उक्त कार्यक्रम आयोजना गरिने आयोजक टिमले दिएको छ । उक्त कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न  समिति तोकिएको छ । देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम तथा कार्यक्रम स्थल कमिटी संयोजक- गंगा चौलागाई, अर्थ समिति संयोजक जगदीशचन्द्र ढकाल, खाना व्यवस्थापन समिति संयोजक दिनेश थापा, मिडिया, प्रचार-प्रसार संयोजक सञ्जय शाक्य, स्वयंसेवक संयोजक दीपक ढकाल तथा कार्यक्रम सञ्चालन-उद्घोषण अर्जुन बगालेलाई जिम्मा दिइएको छ ।

उक्त दशै तिहार शुभकामना एवं देउसी भैलो कार्यक्रम सभ्य, भव्य तथा उत्साहप्रद रूपमा सम्पन्न गर्नको लागि यस क्षेत्र र वरपरका नेपालीहरूको उपस्थितिको लागि आयोजक टिमले हार्दिकतापूर्वक अनुरोध गरेको छ । आउनुहोस् हजुर हामी यो कार्यक्रममा सकभर सपरिवार सहभागी भएर दुःखसुख एक आपसमा बाडदै, मीठा मीठा परिकारको साथ देउसी भैलो खेल्दै, नाचगानका साथ रमाऊ । आफ्नो भाषा, संस्कृति, चाडबाड र परम्पराको जगेर्ना गरौँ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू