अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

दशैँ बिदा सकियाे, खुल्याे सरकारी कार्यालय

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:४४ मा प्रकाशित

आजदेखि दशैँको सार्बजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन्। बडादशैँको फूलपातीकाे दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन्। सरकारले दशैँ मनाउन पाँच दिन सार्वजनिक बिदा दिएको थियो । आजबाट कार्यालय खुलेपछि राजधानी काठमाडौंको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् ।

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू