अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

गाजामा र लेबनानमा इजरायली सेनाको आक्रमणमा परेर ५० जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:३७ मा प्रकाशित

इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ । गाजामा रहेको एउटा शरणार्थी शिविर नजिक इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थमा परेर उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ ।अहिले चार लाख प्यालेस्टीनी इजरायली सेनाको निशानामा रहेका छन् । शान्ति स्थापनाका लागि खटिएका सुरक्षाकर्मीसमेत आक्रमणमा पर्न थालेका छन् ।

यसैगरी उत्तरी लेबनानमा हिजो भएको इजरायली आक्रमणमा २१ जनाको ज्यान गएको छ । युद्धकै कारण विस्थापितको बसोबास रहेको क्षेत्रमा आक्रमण भएको खबरमा उल्लेख छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह नाश नभएसम्म निरन्तर आक्रमण गरिरहने बताउँदै आउनुभएको छ । पछिल्लो हप्ता इजरायलको आक्रमण सबैभन्दा धेरै पूर्वको बेक्का उपत्यका र दक्षिणको सीमा क्षेत्रमा भइरहेको छ । यी दुवै ठाउँ हिजबुल्लाहको प्रभाव क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू