अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानबाट आफ्ना शान्ति सैनिकलाई नहटाउने

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:३५ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना शान्ति सैनिकहरूलाई नहटाउने बताएको छ । राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना शान्ति सैनिकहरूलाई उनीहरू रहेका ठाउँबाट अन्यत्र नहटाउने बताउँदै शान्ति सैनिकहरू हटाउन इजरायलले गरेको आह्वानको अवज्ञा गरेको बीबीसीले जनाएको छ ।संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यका प्रमुख जेन–पिएर लेक्रोइन्सले न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबनानमा युनिफिल सैन्यलाई अहिलेकै ठाउँमा कायमै राख्ने निर्णयलाई सुरक्षा परिषद् र सैन्यमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

आइतवार इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानबाट आफ्ना शान्ति स्थापक सैन्यलाई हटाउन ठाडो चेतावनी दिनुभएको थियो । तर संयुक्त राष्ट्र सङ्घले आफ्ना शान्ति सैनिकहरूलाई नहटाउने बताएको हो । इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहविरुद्ध लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू पनि घाइते भएका छन् । शान्ति सेनाहरूमाथि भएको आक्रमणको नेपालसहित ३४ वटा देशले निन्दा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू