अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

प्रहरीसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने तयारी

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:३४ मा प्रकाशित

गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको बताउनुभएको छ । ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज भएको कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । गृह मन्त्रालयले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समेटेको उहाँले बताउनुभयो । उहाँले गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभामा पेश गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न पनि गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । महिला तथा बालबालिकामाथि हुने हिंसा, कसूरजन्य कार्य, भेदभा छुवाछुतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानूनको दायरामा ल्याउन उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू