अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

गौशाला धर्मशालाको व्यवस्थापन गर्न काठमाण्डाै महानगरसँग समन्वय भएको छ : पशुपति क्षेत्र विकास कोष

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:२८ मा प्रकाशित

पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सम्बन्धमा कानूनी प्रावधानअनुसार अगाडि बढिरहेको बताएको छ । आज कार्यालयमा पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले यसबारे जानकारी गराएकाे हाे । काठमाण्डौ जिल्ला अदालतको यही असोज १६ गतेको फैसला बमोजिम मारवाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरी गौशाला धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषमा नै निहित भएको फैसला भएको थियो ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले धर्मशाला सञ्चालन व्यवस्थापनको मोडेलसहितको कार्यविधि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट निर्णय भए बमोजिम हुनेगरी अहिलेलाई धर्मशाला व्यवस्थापन गर्न काठमाण्डौ महानगरपालिकासँग समन्वय गरिएको बताउनुभयो । तत्कालीन समयमा गौशाला धर्मशाला शब्द मिसाएर मिल्दोजुल्दो हुने गरी जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामको संस्था दर्ता गरेको देखिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

पशुपतिनाथ मन्दिरको जग्गा र जग्गामा रहेको सम्पत्ति कसैले पनि गलत ढङ्गले अतिक्रमण गर्न नहुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू