अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

कीर्तिमानी आरोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

बिआरटीनेपाल २०८१ असोज २८ गते ६:२६ मा प्रकाशित

नेपाली महिलातर्फ सानो उमेरमा पहिलोपटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाएका हुन् ।

तिब्बतको हिमाल आरोहणपछि काठमाडौं फर्किएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनले सन् २०२२ को सेप्टेम्बरमा ८ हजार १६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने आफ्नो यात्रा थालेका थिए ।​

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू