अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

साफ महिला च्याम्पियनसिप : नेपाली टिमको घोषणा

बिआरटीनेपाल २०८१ असोज २८ गते ६:२४ मा प्रकाशित

घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको निम्ति नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका निम्ति सोमबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपाली टिमको कप्तानी जिम्मेवारीमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा छिन् ।

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करण नेपालमा अक्टोबर १७ देखि ३० सम्म आयोजना हुँदै छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएअनुसार प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन् । प्रतियोगिताको यस संस्करणमा नेपालसँगै साविक विजेता बंगलादेश, भारत, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंका गरी दक्षिण एसियाका सात टिमको सहभागिता रहनेछ ।

नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ ।
रक्षकः गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर ।

मिडफिल्डरः रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी ।

फरवार्डः रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू