अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध

बिआरटीनेपाल २०८१ असोज २८ गते ६:०१ मा प्रकाशित

बझाङको खप्तडछान्ना गाउँपालिका–४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा तोडफोड भएको छ। अज्ञात समूहले टावरमा तोडफोड गर्दा क्षति भएपछि सञ्चार सेवा प्रभावित बन्न पुगेको छ। खत्रीवाडा माझीगाउँमा रहेको टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले तोडफोड गरेको हो।

रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका स्थानीय मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित बन्न पुगेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पुर्‍याउनेको पहिचान नभएको बताउनुभयो। घटनाको अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू