अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

दशैँमा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम निरन्तर

बिआरटीनेपाल २०८१ असोज २८ गते ५:५९ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम दशैँमा पनि निरन्तर भइरहेको छ । रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । रङ्गशाला निर्माण कार्य अहिलेसम्म १० प्रतिशत सकिएको छ । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ । गएको साउनमा बिबिआर जेभीले निर्माणकार्य शुरु गरेको हो ।

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । २०८३ साल पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५१ लाख रुपैयाँमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिनुभयो । रङ्गशाला निर्माण गर्न चालू आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्ष रुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू