अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

कर्णालीमा उत्पादन भएको स्याउले यसपालीको दशैँमा राम्रो बजार पायो

बिआरटीनेपाल २०८१ असोज २७ गते ६:३५ मा प्रकाशित

कर्णाली प्रदेशको हिमाली जिल्लामा उत्पादित स्याउले यसपालीको दशैँमा राम्रो बजार पाएको छ । जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्रीमा केही प्रभाव पारेको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेलले बताउनुभयो । उहाँका अनुसार सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउको राम्रो कारोबार भएको छ ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा पछिल्लो पटक यो सिजनमा उत्पादन भएको कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिनुभयो । सुर्खेतको विरेन्द्रनगरका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो एक सय ५० देखि दुई सय ५० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो एक सय ६० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा केही सघाउ पुगेको बताउनुभयो ।

गएको भदौमा सडक अवरुद्ध हुँदा केही समस्या भएपनि दशैँका बेलामा मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको किसान र व्यापारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू