अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल भइरहेको विज्ञको भनाइ

बिआरटीनेपाल २०८१ असोज २७ गते ६:३१ मा प्रकाशित

जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि हुँदा मनसुन प्रणालीमा पनि फेरबदल भएको जलवायु विज्ञहरुले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण यस वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको बताएका छन् ।

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल मान्नुपर्ने बताउनु भयो । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उहाँको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उहाँको जोड रहेको छ । उहाँले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताउनुभयो ।

मौसमविद् विष्णु घिमिरेले पनि  मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभएको छ । जलवायु परिवर्र्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उहाँको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू