अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९
| Colorodo: 06:24
भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्कँदा कम्तीमा ६ कामदारको मृत्यु भएको र तीनजना फसेका आशंका गरिएको प्रहरीले जनाएको छ ।
गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिमस्थित मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँनजिकै पर्खाल भत्किएको हो । निर्माणस्थलमा माटो खसेका कारण पर्खाल भत्किएको अधिकारीहरूले जनाएका छन् ।
मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्यांकीका निम्ति खाल्डो खनेका थिए ।