अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

काभा यू २० भलिबल: तुर्कमिनेस्तानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

बिआरटीनेपाल २०८१ असोज २५ गते ६:३८ मा प्रकाशित

श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू २० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५-२० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको नेपाली टिमका मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिनुभयो । नेपाफ श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको पराजित भएको थियो ।

तुर्कमिनेस्तानको पनि ५ खेलबाट नेपाल समान १० अंक नै भएपनि सेट जितेको आधारमा नेपाल फाईनल पुगेको प्रशिक्षक रमेश केसीले जानकारी दिनुभयो । नेपालले अब फाईनलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । काभा यू २० पुरुष भलिबल प्रतियोगिता पहिलो पटक आयोजना भईरहेको छ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू