अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 05:52

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

बिआरटीनेपाल २०८१ असोज २५ गते ६:२६ मा प्रकाशित

दुई साताअघि बाढी, पहिरो र डुबानले क्षतिग्रस्त भएको बिपी राजमार्गमा आजदेखि एकतर्फी खुलेको छ ।यही असोज ११ र १२ गतेको बाढी पहिरोले क्षति हुनगई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । बिपी राजमार्गको अवरोध खुलाउन नेपाली सेना, सडक विभाग र स्थानीय पालिकाले गरेको प्रयासबाट आजदेखि राजमार्गमा यातायात सञ्चालन हुन थालेको हो ।बाढी–पहिरोले भत्किएको ठाउँमा कल्भर्ट बनाएर, ठाउँ–ठाउँमा खोला डाइभर्सन गरेर तत्काल सवारीसाधन निर्बाध चल्ने गरी सडक मर्मत गरिएको जनाइएको छ । रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक भत्किएको थियो ।

बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोशी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी– ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएपछि बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी झण्डै १२ किलोमिटर सडकमा क्षति पु–याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू