अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो

बिआरटीनेपाल २०८१ असोज २४ गते ०:२३ मा प्रकाशित

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ । दुबईको शारजाहमा हिजो भएको खेलमा इङ्गल्यान्डले  दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १९ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । इङ्गल्यान्डका न्याट सिभर ब्रन्टले अविजित ४८ रन बनाए । दक्षिण अफ्रिकाका शोफी इक्लेस्टोनले २ विकेट लिए ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान लाउरा उल्भाआटले सर्वाधिक ४२ रन बनाए । इङ्गल्यान्डका ३ जना खेलाडीले समान १/१ विकेट लिए ।

यसअघि इङ्गल्यान्डले पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू